site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पञ्जाबको छैटौँ हार, गुजरातविरुद्ध तीन विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले छैटौँ हार व्यहोरेको छ । पञ्जाबले आइतबार भएको खेलमा साविक उपविजेता गुजरात टाइटन्सविरुद्ध तीन विकेटको हार व्यहोरेको हो ।

मुल्लानपुरमा पञ्जाबले प्रस्तुत गरेको १४३ रनको लक्ष्य गुजरातले पाँच बल बाँकी छँदै सात विकेट गुमाएर भेट्टायो । गुजरातको जितमा राहुल तेवातियाले ३६ रन बनाए । कप्तान शुभमन गिलले ३५ र साई सुदर्शनले ३१ रन जोड्दा रिद्दिमान साह र अज्मतुल्लाह ओमरजाईले समान १३ रन थपे ।

पञ्जाबका हर्षल पटेलले तीन विकेट लिए । लियम लिभिङ्स्टोनले दुई र साम करन र अर्शदीप सिंहले समान एक विकेट हात पारे ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो । पञ्जाबका प्रभसिम्रन सिंहले ३५ रन जोडे । हरप्रीत ब्रारले २९, कप्तान साम करनले २०, हरप्रीत सिंहले १४ र जितेश शर्माले १३ रन थपे ।

गुजरातका साई किशोरले चार विकेट लिए । चार ओभर बलिङ गरेका किशोरले ३३ रन खर्चिए । मोहिज शर्मा र नूर अहमेदले दुई/दुई र राशिद खानको नाममा एक विकेट रह्यो ।

जितसँगै आठ खेलबाट आठ अंक जोडेको गुजरात तालिकाको छैटौँ स्थानमा छ । समान खेलबाट चार अंकको पञ्जाब नवौँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro