देश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार विशेष अदालतमा पौडेलविरुद्ध मुद्दा दायर गरेको हो ।
उनले सुरक्षण मुद्रण केन्द्रमा सार्वजनिक पद धारण गरेकै बेला अमेरिकाको स्थायी आवासीय अनुमति (पीआर) लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
पौडेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय समेत मागदाबी गरिएको छ । उनीविरुद्ध यसअघि सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१ १३:५२
प्रतिक्रिया दिनुहोस्