site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल कबड्डी लिगको खेलाडी छनोट अन्तिम चरणमा
फाइल तस्बिर ।

काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको नेपाल कबड्डी लिग (एनकेएल)को खेलाडी अक्सनका निम्ति प्रारम्भिक छनोट अन्तिम चरणमा पुगेको छ ।

फ्रेन्चाइज कबड्डी लिग आउँदो जुलाई २० देखि ३० तारिखका बीचमा सुरु गर्ने आयोजकको तयारी छ । सोही कबड्डी लिगका लागि स्वदेशी खेलाडीको छनोट गरिएको छ ।

शनिबार काठमाडौंको चमती खेलपार्कमा वाग्मती प्रदेश र तीन विभागीय टोलीबाट खेलाडी छनोट गरियो । चार टोलीबाट कुल ४५ प्रारम्भिक खेलाडी छनोट गरिएको छ । अखिल नेपाल कबड्डी संघका महासचिव तथा लिगका डाइरेक्टर अरविन्दकुमार झाको नेतृत्वमा प्रारम्भिक चरणको छनोट गरिएको हो ।

नेपालबाट कुल ३०० खेलाडीले कबड्डी लिगका निम्ति आफ्नो नाम दर्ता गराएका छन् । अक्सनका लागि करिब १७० देखि १८० स्वदेशी खेलाडी छनोट गरिने भएको छ । यसै महिना दोस्रो चरणको छनोट काठमाडौंमा हुने आयोजकले जनाएको छ ।

यहाँबाट ६० स्वदेशी खेलाडी छनोट हुनेछन् । नेपाल कबड्डी लिगका डाइरेक्टर ईप्रसाद राउ र सहभागी ६ फ्रेन्चाइज टोलीका प्रशिक्षकले अन्तिम चरणको छनोट गर्नेछन् ।

विदेशी २४ सहित कुल ८४ खेलाडीलाई अक्सनमा सहभागी गराउने आयोजकको तयारी छ । हरेक टोलीमा चार विदेशीसहित कुल १४ खेलाडी समावेश हुनेछन् ।

नेपाल कबड्डी लिगमा कुल ६ फ्रेन्चाइज टोली रहनेछन् । टोलीको नाम भने निर्धारण गरिएको छैन । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  २०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro