site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जलेर नष्ट

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–३ र ४ स्थित धारापानीमा भीषण आगलागी भएको छ । आगो अहिले पनि नियन्त्रणबाहिर रहेको जनाइएको छ । वनमा लागेको डढेलो हावाहुरीका कारण शनिबार दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो ।

धारापानीका रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायत गाउँमा भएको भीषण आगलागीबाट झन्डै २० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए ।

Dabur Nepal
NIC Asia

भीषण आगोले गाउँ नै सखाप भएको बाजाखर्कका स्थानीय हरिप्रसाद भुसालले बताए । प्रहरी, दमकल, स्थानीयले आगो निभाउने प्रयास गरिरहे पनि नियन्त्रणबाहिर रहेको प्रहरी निरीक्षक रावलको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयबाट गएको टोली र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् । मानवीय क्षति नभए पनि पशुचौपाया मरेको, घरगोठ जलेको स्थानीय टेकराज भुसालले बताए ।

क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीको भनाइ छ । पाणिनी गाउँपालिका–३, खुलैलेमा तीन घरगोठ जलेर नष्ट भएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  २०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro