site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
५१ दिनमा सकियो ‘मेयर’को छायांकन  
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘मेयर’को छायांकन सकिएको छ । ५१ दिनमा सिनेमाको छायांकन सकिएको हो । 

काठमाडौंको मल्ल होटेलबाट सुरु भएको चलचित्रको छायांकन सर्लाहीमा ५१ दिनमा सकिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

“यो पटक हामीले अपेक्षा गरेभन्दा पनि ठूलो क्राउडमा सिनेमाको छायांकन गरेका छौँ । एउटै सिन ११ हजारभन्दा धेरैको क्राउडमा खिचेका छौँ,” निर्देशक खनालले भने, “राजनीतिक विषयको सिनेमामा यति धेरै क्राउड नेपाली चलचित्रमा पहिलोपटक देखिनेछ । यसले चलचित्रलाई विश्वस्नीय बनाउन थप मद्धत गरेको छ ।” 

सिनेमाको छायांकन काठमाडौंसँगै सिन्धुली र सर्लाहीमा भएको हो । 

Global Ime bank

चलचित्रको मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन् । खगेन्द्रसँगै वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, ऋचा शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय रहेको छ ।  

यो चलचित्रबाट निर्माताको रूपमा श्रृष्टिमाँ खनाल र कलाकारको रूपमा अर्विशा थापाले डेब्यु गरेका छन् ।

चलचित्र ‘मेयर’को कथा सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षलाई आधार मानेर तयार पारिएको छ । 

चलचित्रको कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् भने निर्माता शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल हुन् । चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement