site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत् सार्वजनिक गरिएको यो गीत मगर समुदायमा लोकप्रिय रहेको ‘कौडा नृत्य’मा आधारित छ ।

हर्क साउदकाे शब्द र सुवास भुसालको संगीत रहेको गीतमा प्रकाश सपूत र शान्तिश्री परियारको स्वर छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गीतमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बूले मगर पहिरनमा सजिएर सामुहिक कौडा नृत्य गरेका छन् । 

चलचित्रमा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन् । प्रदीप खड्का दमाहा बजाउँदै गरेको देखाइएको छ । तर, उनको पूर्ण परिचय भने गराइएको छैन । पल शाहको भूमिका क्रान्तिकारी रहेको आंकलन गरिएको छ । 

Global Ime bank

अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बूलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ । चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बालगायतको चलचित्रमा अभिनय छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement