site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
मण्डलामा 'टिकट टू हलिउड' मञ्चन हुँदै
Sarbottam CementSarbottam Cement

काडमाडौं । मण्डला थिएटरमा शनिबारदेखि नाटक 'टिकट टू हलिउड' लाग्ने भएको छ । सागर खातीले निर्देशन गरेको नाटकमा मिलन कार्की र सुदीप खतिवडाको अभिनय छ ।

निर्देशक खातीको यो छैटौँ निर्देशन हो । यसअघि उनले 'तिम्रो आखाँमा फसेको साँझ', 'खोपडीभित्रको मान्छे', 'अबुई'लगायतका नाटक निर्देशन गरिसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

झिम्के मामा, सिरुमा रानीलगायत नाटकमा अभियनय गरेका उनले अन्तिमपटक 'विमोक्ष' नाटकमा अभिनय गरेका थिए । 

केही सयमअघि बालकुमारीमा कोरिया जान ईपीएस भाषा परीक्षा दिएका दुई युवाको आन्दोलनमा मृत्यु भएको घटनालाई प्रत्यक्ष देखेपछि यो विषयमा नाटक बनाउने विचार आएको उनले बताए ।

Global Ime bank

"मानिसहरू आफ्नो देश छाड्नका लागि पनि किन आन्दोलन गरिरहेका छन् ? यसको पछाडिको कारण के छ ? जसरी पनि विदेश जाने लहडले मानिसलाई कुद हदसम्म पुर्‍याइरहेको छ ? भन्ने विषयमा घोत्लिँदा यो नाटकको आइडिया आएको हो," उनले भने ।

नाटक सोमबारबाहेक साताको प्रत्येक दिन दिउँसो ४ बजे मञ्चन हुनेछ । साताको तीन दिन शुक्रबार, शनिबार र आइतबार साढे ७ बजेको अतिरिक्त शो पनि हुनेछ । नाटक वैशाख २३ गतेसम्म चल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement