site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : नेता खनाल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

मोरङ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस भएर नै नयाँ समीकरण बनेको भन्दै यो परिवर्तन नहुने स्पष्ट पारे । । उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य भन्दै छलफलकै आधारमा सत्ता गठबन्धनमा कुनै समस्या नपर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “वामपन्थीहरुको एकताबाट मुलुकमा समृद्धिका लागि कम्युनिष्टबीच एकता जरुरी छ । यो आजको आवश्यकता पनि हो । यसमा कुनै दुईमत छैन ।” उनले कोसी प्रदेशलगायत अन्य प्रदेशमा नयाँ सरकार निर्माण सुरु भइसकेको समेत बताए ।  

नेता खनालले पार्टीले कोसी प्रदेशमा मुख्यमन्त्री पदको माग नगरेको उल्लेख गरे ।  कोसी प्रदेश सरकारमा अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिनु केही राजनीतिक र संवैधानिक समस्या भएको बताए । निर्वाचन प्रणालीमा परिमार्जन गर्नुपर्ने धारणा समेत राखे । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC