site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसीसी प्रिमियर कप : टस हारेर ब्याटिङ गर्दै नेपाल
फाइल तस्बिर

काठमाडौं । एसीसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको सेमिफाइनलमा नेपालले टस हारेको छ । ओमानको अल अमरात क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।

नेपाल समूह ‘ए’ को विजेता रूपमा सेमिफाइलमा पुगेको हो भने यूएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । 

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो । 

त्यसैगरी, यूएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्बाेडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो ।

आजै हुने अर्को सेमिफइनलमा सेमिफाइनलमा ओमान र हङकङवीच प्रतिस्पर्धा हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro