site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
मन छुने मोसन पोस्टरमा खुलेको सिनेमा ‘सारङ्गी’को कथा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सारङ्गीको मिठो धुन अनि पहाडको बाटो । अगाडि बुढो रुख नजिकै देखिन्छन्, एक व्यक्ति । जसले काँधमा झुण्ड्याएका छन् सारङ्गी । र बच्चा बोकेका छन्, काँधमा । बच्चाले सोध्छ– तिमी मलाई सधैँ किन काँधमा बोकेर हिड्छौ ? 

हाँस्दै बाउले जवाफ दिन्छ– म भन्दा ठूलो मान्छे होलास्, मैलेभन्दा परसम्म देख्लास् भनेर । यतिभन्दा ऊ भक्कानिसकेको हुन्छ । गला अबरुद्ध हुन्छ । थप बोल्न सक्दैन । 

स्वभाविक पनि हो, उसलाई हेर्दा ऊ गाउँघरमा सारङ्गी रेटेर आफ्नो घरपरिवार चलाइरहेको अनुमान लगाउन सकिन्छ । ऊ जहाँ जान्छ, बच्चालाई यसैगरी सँगै लिएर हिँड्ने गरेको बुझ्न सकिन्छ । गाउँ छोडेर सहरसम्मको पँखेटा लगाउने उसमा चाह भए पनि परिवन्धमा परेर घर छोड्न नसकेको अनुमान लगाउन सकिन्छ । उसको परिवारमा बाउ र छोरा मात्रै रहेको अनुमान लगाउन सकिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हुन पनि हो, यो संसारमा मान्छे एउटा त्यस्तो प्राणी हो जसले एउटा व्यक्तिको मात्रै इर्ष्या गर्दैन । त्यो हो सन्तान र उसको प्रगति । आफ्नै दाजुभाइको समेत इर्ष्या गर्ने मान्छेलाई आफ्नो सन्तानले भने आफूलाई पनि उछिनेर अगाडि बढेको हेर्ने चाह हुने गरेको बताइन्छ । त्यही तथ्यलाई यो संवादले संकेत गरेको छ । 

संवादपछि सन्तानको खुसीका लागि आफूले सकेजति घाम र हुरी पनि छेकिदिने र शरीरमा एकमुठ्ठी सास रहेसम्म सन्तानलाई काँधमा बोकेर हिँडिरहने माया दशाइरहेका बेला चलचित्र ‘सारङ्गी’को मोसम पोस्टरको क्रेडिट लाइन सुरु हुन्छ । सिनेमाले सारङ्गी बजाउँदै हिँड्ने गाइने समुदायको बाध्यता र सन्तानप्रतिको त्यागको कथा भन्ने मोसन पोस्टरमाफर्त् संकेत गरेको छ । 

Global Ime bank

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा सरोज पौडेलको लेखन तथा निर्देशन रहनेछ । स्क्रिनप्ले र डाइलग महेश दवाडीको रहनेछ । 

सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहने चलचित्रमा लगानी विनोद पौडेले र प्याट्रिक सुवेदीको रहनेछ । 

प्रशान्त शिवाकोटीको संगीत रहने चलचित्रमा कार्यकारी निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहनेछन् ।  सिनेमा विसं. २०८२ मा रिलिज हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement