site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नक्कली प्रहरीले गोइतलाई सोधे– तपाईं सुनको अवैध कारोबार गर्नुहुन्छ भन्ने सूचना छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । आफूलाई प्रहरी बताउँदै लुटपाटमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको तिमाल गाउँपालिका–७ का सन्देश तामाङ र काभ्रेकै रोशी गाउँपालिका–३ का ३१ वर्षीय हिरालाल तामाङ रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले गएको चैत २ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ स्थित यज्ञमार्टको क्याफेमा चिया पिइरहेका सप्तरीको राजविराजका २४ वर्षीय विजय गोइतलाई धम्की दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरूले गोइतलाई आफूहरू सिभिल प्रहरी भएको बताएका थिए । "तपाईंले सुनको अवैध कारोबार गर्नुहुन्छ भन्ने हामीलाई सूचना आएको छ," प्रहरीका अनुसार उनीहरूलाई गोइतलाई भनेका थिए ।

उनीहरूले गोइतलाई चेकजाँच गरेर उनको साथमा रहेको ४० हजार रुपैयाँ लगेका थिए । त्यतिमात्र नभएर उनीहरू गोइतको कोठामै गएर १८ ग्रामको सुनको रिङ र सोको बिलसमेत लुटपाट गरेको प्रहरीले बताएको छ ।

Global Ime bank

उनीहरूलाई वैशाख २ गते नयाँ बस्तीबाट पक्राउ गरिएको हो ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC