site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पोखरामा सवारी दुर्घटना : आठ चिनियाँ पर्यटक घाइते
प्रतीकात्मक तस्बिर

कास्की । पोखरामा बिहीबार बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन् ।

पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ पर्यटकमध्ये आठजना घाइते भएका जिल्ला प्रहरी कार्यालय  कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । 

ड्यामसाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा १३च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङचोकतर्फ आइरहेको बा१प ८५१ नम्बरको माइक्रोबस ठोक्किएका हुन् । घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

स्कार्पिओ अनियन्त्रित हुँदा एक पसलमा समेत क्षति पुगेको छ । प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro