site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युक्रेन युद्धमा ५० हजार भन्दा बढी रुसी सेना मारिए : अध्ययन टोली
Sarbottam CementSarbottam Cement

मस्को । युक्रेन युद्धका क्रममा अहिले सम्म रुसका ५० हजार भन्दा बढी सेनाको मृत्यु भएको अनुमान गरिएको छ । 

यो युद्धको दोस्रो वर्ष रुसले तबाही मच्चाउने खालको रणनीतिमा जोड दिएको थियो ।  एक अध्ययन टोलीको अनुसन्धानका अनुसार अघिल्लो वर्ष भन्दा यो वर्ष ज्यान गुमाउने रुसी सैनिकको संख्या २५ प्रतिशतले बृद्धि भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बीबीसी रसियन, स्वतन्त्र मिडिया समूह ‘मिडियाजोन’ र स्वयंसेवक सबै मिलेर फ्रेबुवरी २०२२ देखि नै मर्ने रुसी सैनिकको गणना थालेका थिए । अध्ययन टोलीका अनुसार आधिकारिक रिपोर्टमा स्वतन्त्र रुपले उपलब्ध जानकारी, अखबार तथा सोसियल मिडियाको पनि अध्ययन गरिएको थियो । 

सो अध्ययन अनुसार युक्रेनमा युद्धको दोस्रो साल २७ हजार ३सय रुसी सेनाले ज्यान गुमाएका थिए ।  यो तथ्यांकको बारेमा रुसले भने कुनै टिप्पणी गर्न इन्कार गरेको छ ।  रुसले एकपटक मात्रै मारिने सेनाको संख्या सन २०२२मा बताएको थियो । 

Global Ime bank

त्यो संख्या भन्दा अहिले देखिएको संख्या ८ गुणा बढी हो । युक्रेनले पनि मारिने सेनाको बारेमा नियमित जानकारी दिएको छैन ।  गएको फेब्रुअरीमा त्यहाँका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले ३१ हजार युक्रेनी सेनाको निधन भएको जनाएका थिए । 

तर, अमेरिकी खुफिया एजेन्सीले युक्रेनी सेना यो भन्दा बढी संख्यामा मारिएको  जनाएको थियो । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC