site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकाको कोलम्बिया युनिभर्सिटीमा प्रहरी अपरेसन, युनिभर्सिटी भन्छ– बाध्य भइयो
Sarbottam CementSarbottam Cement

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटीले विद्यार्थी आन्दोलन नरोकिएपछि मंगलबारदेखि प्रहरीलाई परिचालन हुन अनुमति दिएको छ । यसबारेमा वक्तव्य जारी गर्दै युनिभर्सिटीले भनेको छ, “आज राति ९ बजेपछि युनिभर्सिटीको अनुरोधमा न्युयोर्क प्रहरी युनिभर्सिटीमा प्रवेश गरेको छ । यो फैसला हाम्रो समुदायले सुरक्षा बहाल गर्न गरेको हो ।” 

प्रदर्शनकारीले आफ्नो प्रदर्शनलाई अघि बढाउने र यसलाई अप्ठेरो अवस्थामा पुर्याउने विकल्प रोजेको युनिभर्सिटीले जनाएको छ । “हामीलाई रातारात थाहा भयो कि हेमिल्टन हलमा कब्जा गरिएको तोडफोड भएको छ । त्यसलाई रोक्न प्रहरी बोलाउनेभन्दा हामीसँग अर्को विकल्प थिएन,” युनिभर्सिटीले भनेको छ, “कोलम्बियाका सुरक्षाकर्मीलाई भवनबाट बाहिर निकालिएको छ । हाम्रो फेसिलिटी टिमका एक सदस्यलाई धम्की दिइएकोे छ । हामी हाम्रो समुदायका सदस्यलाई सुरक्षाको जोखिममा पार्न चाहदैनौँ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

युनिभर्सिटीको ट्रस्टिजको बोर्डसहित लिडरसिप टिमले पूरा रात र बिहान पनि बैठक गरेर न्युयोर्क प्रहरीलाई सुरक्षाको जिम्बेवारी दिने निर्णय गरिएको समाचारमा उल्लेख छ । युनिभर्सिटीले आफ्नो युनिभर्सिटी बाहिरका मानिस आएर तोडफोड गरिएको जनाएको छ । 

युनिभर्सिटीको आग्रहअनुसार न्युयोर्क प्रहरी अहिले युनिभर्सिटीभित्र प्रवेश गरेको छ । प्रहरीले त्यहाँ अपरेसन सुरु भइसकेको जनाएको छ । प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गर्न थालिसकेको जनाइएको छ ।

Global Ime bank

प्यालेस्टाइन पक्षको समर्थनमा करिब दुई साताअघि सोही युनिभर्सिटीबाट अमेरिकामा विद्यार्थी आन्दोलन सुरु भएकोमा अहिले उक्त आन्दोलन देशैभरी फैलिइरहेको छ । बीबीसी 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement