site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह
Sarbottam CementSarbottam Cement

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणमा चासो बढेको पाइएको छ । घुम्ती सेवाबाट उनीहरू उत्साहित पनि भएका छन् । 

मटिहानी नगर कार्यपालिकाको कार्यालयले बस्तीबस्तीमा थालेको घुम्ती सेवाप्रति सर्वसाधारणबीच आफ्ना ठाउँका आवश्यकता र तिनको समाधानका बारेमा  छलफल पनि बढाएको हो । नगर कार्यपालिकाको कार्यालयले सबै वडा बस्ती पुग्ने तालिकासहित सोमबार थालिएको एकीकृत सेवा टोलीमा जनसहभागिता बढ्दै गएको कार्यालयका योजना अधिकृत राजेशकुमार शर्मा बताउँछन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट सम्पादन हुँदै आएका जनसरोकारका काम एकीकृत घुम्ती सेवामा समावेश गरिएको छ । उक्त सेवाअन्तर्गत जन्मदर्तासहितका घटना दर्ता, नागरिकता तथा अन्य महत्वपूर्ण कामका निम्ति दैनिक हुँदै आएका सिफारिसका अतिरिक्त योजनासम्बन्धी अभिमुखीकरण,  छलफल र सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, नाता प्रमाणित, अपांगता परिचयपत्रका लागि दरखास्त सङ्कलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरणसहितका कार्यक्रम समाविष्ट छन् ।

यसैगरी कृषिसम्बन्धी विज्ञबाट माटो परीक्षण, कृषि मिटर सिफारिस र  तरकारीका मिनी कीट (बीउ) वितरण गरिँदै छ । घुम्ती सेवामा पशुबस्तुको गोबर र गर्भ परीक्षण, पशुपक्षीसम्बन्धी विभिन्न स्वास्थ्य समस्याबारे परामर्श तथा औषधि वितरणका कार्यक्रम पनि छन् । यसै कार्यक्रममा राजस्व असुली, गरिब परिचयपत्र वितरणसहितका वडा कार्यालयबाट  प्रवाह हुने व्यक्तिगत घटना दर्तालगायत सेवा पनि समावेश गरिएको छ ।

Global Ime bank

एकै ठाउँमा विविध सेवा प्रवाहले विभिन्न कार्यालयबाट हुँदै आएका काम सर्वसाधारणले आफ्नै बस्तीमा सजिलै पाएका छन् । घुम्ती सेवाले भएका जनसरोकारका विकासे कार्यबारे आम चासो बढाएको मटिहानी नगरका उपप्रमुख मञ्जुदेवी साह बताउँछिन् । यस क्रममा व्यक्तिगत घटना दर्ताबारे सचेतना बढेको र स्थानीय आवश्यकताबारे योजना बनाउन सर्वसाधारणको सहभागिता बढेको उनी बताउँछिन् ।  

नगर कार्यपालिकाको कार्यालयले जनसरोकारका काममा सर्वसाधारणको चासो बढाउन र सम्पादित  कामबारे आम उपभोक्ताको धारणा समेट्न यो कार्यक्रम सहयोगी हुने जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC