site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सल्यानमा बस दुर्घटना, १४ जना घाइते

दाङ । सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।  दाङबाट रुकुमका लागि छुटेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् ।

रा १ ख २०८५ नं को बस पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।

नेपाल प्रहरी र स्थानीयले घाइतेको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिए । उनका अनुसार दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । रासस

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro