site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेन

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन ।  

ओमानको अल अमरात क्रिकेट मैदानमा ११ः४५ बजेदेखि खेल सुरु हुने तय भए पनि वर्षाका कारण पीचमा समस्या आएपछि टस हुन नसकेको हो । गएराति वर्षाले मैदान भिजेको थियो । 

प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनमा पुगिसकेको छ । 

समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीनवटै खेलमा जित हात पारेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

Global Ime bank

आजको खेलमा साउदी अरेबिया हराउँदै नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्ने योजनामा छ । साउदी अरेबियाले समान तीन खेलमा एकमा जित तथा दुई खेलमा हार व्यहोरेको छ । 

यसअघि मलेसियासँग १२ रनले पराजित साउदीले हङकङलाई ५५ रनले हराएको थियो । कतारसँग १५ रनले पराजित भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu