काठमाडौं । ‘बफिन्स ९८’ समूहले नयाँ गीत सार्वजनिक गरेको छ ।
सन् १९९८ मा पोखराको जनप्रीय बहुमुखी क्याम्पसमा अध्ययन गर्ने केही उत्साहित एवम् सांगीतिक क्रान्तिकारी युवाहरुको अगुवाइमा सांगीतिक समूह बफिन्स ९८ को स्थापना भएको थियो ।
यी युवाहरुले मुलधारका व्यवसायिक सङ्गीतलाइ नपछ्याइ , एक देशभक्ति , राष्ट्र अनि राष्ट्रियताका विषयलाइ आत्मासाथगरि गीत - सङ्गित शृजनामा सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यले होमिए र यसैमा स्थापित भए र निरन्तरता पनि दिइरहेका छन् ।
'चैते दशै - फेदिखोलै बगर' गीतको शिर्षकवाटै यो गीतको मुलभाव हाम्रै नेपालीहरुको मौलिक चाड पर्व र संस्कृति सम्बन्धी रहेको जनाइएको छ ।
यो चैते दशै मेला स्याङ्जा जिल्लाको फेदिखोला बजारमा बर्षेनी लाग्ने गर्द्छ । पुर्वकालमा , फेदिखोलाको किनारमा हेरिने यो जमघट आहिले एक वृहत महोत्सवको रुपमा स्याङ्जा र छिमेकी जिल्लामा परिचित छ ।
यस गीतमा स्वर / सङ्गित - सन्जिब गुरुङ , शब्द - स्ट्रगल राना / सन्जिब गुरुङ को रहेकोछ भने , सङ्गित सम्योजन सुमन तामाङ र ध्वनी सम्योजन बुद्दराज बज्रचार्यको रहेको छ । यस गीतको म्युजिक भिडियोमा फेदिखोला बजार र सेरोफेरोका सुन्दर रमणीय स्थलहरुको आकर्षक दृश्य छायङ्कन गरिएको छ । विशाल तामाङ्को कथा - निर्देशनमा यकिन गुरुङ र बेलु गुरुङ्को अभिनय रहेको छ ।
जसको कभर डिजाइन जीवन भाइ र रमेश गौतमले गरेका छन् ।