site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी
Sarbottam CementSarbottam Cement

तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले आठ करोडको पुँजी संकलन भएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल आठ करोड जम्मा भएको छ । 

करिब तीन वर्षसम्म समूहले एक, दुई, दश, बीस, पचास र रु एक सयका दरले क्रमिक रुपमा बचत गर्दै आएको थियो । विसं २०५४ सालमा समूहले सहकारी सञ्चालन गर्ने निर्णय अनुरुप मर्स्याङ्दी आमा बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

आमा समूहले बचत गर्दै आएको पैसाले सहकारी सञ्चालन गरेपछि अहिले संस्थाको पुँजी आठ करोडभन्दा बढी पुगेको हो । महिलाले सञ्चालनमा ल्याएको उक्त सहकारी गाउँपालिकामै नमुना र अनुकरणीय रहेको संस्थाकी लेखा संयोजक बबिता थापाले बताइन् । अहिले सहकारी संस्थामा आठ सयभन्दा बढी शेयर सदस्य छन् । उनले भनिन्, “सुरुमा एक रुपैयाँ बचत गर्ने महिलाले अहिले मासिक एक हजार पाँच सयसम्म जम्मा गर्न थालेका छन् ।”

सहकारी संस्थामा कार्यरत सबै कर्मचारी महिला छन् भने लेखा समिति, शिक्षा उपसमिति, ऋण उपसमिति, धितो मूल्यांकन समिति लगायतमा महिलाले नै नेतृत्व गर्दै आएका छन् । धितो राखेर १५ लाखसम्म ऋण दिनसक्ने अवस्थामा सहकारी पुगेको संस्थाकी अध्यक्ष बास्ना कुमारी मगरले बताइन् । 

Global Ime bank

सहकारीले कृषि र उच्च शिक्षा पढ्नका लागि शिक्षा धितोमा १२ प्रतिशत र अन्य शीर्षकका कर्जामा १४ प्रतिशत ब्याज निर्धारण गरिएको छ । 

गाईपालन, तरकारी, धूप तालिम र घरबास सञ्चालनलगायतमा लगानी गर्ने गरिएको सो संस्थाले जनाएको छ । संस्थाको आफ्नै भवन छ । तत्कालीन समयमा एक लाख ४६ हजारमा जग्गा खरिद गरी केही नगद खर्च र श्रमदानबाट भवन निर्माण गरिएको लेखा संयोजक थापाको भनाइ छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय