site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले जुम्लाको अध्यक्षमा महत
Sarbottam CementSarbottam Cement

जुम्ला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । महत १९४ मतसहित विजयी भएका नवनिर्वाचित एमाले जुम्ला जिल्ला सचिव मानबहादुर रोकायाले जानकारी दिए । कुल ३३४ प्रतिनिधिमध्ये अध्यक्षका प्रत्यासी धीरेन्द्रराज गिरीले १३५ मत प्राप्त गरे ।  

महत यसअघि पनि जिल्ला कमिटी अध्यक्ष नै हुन् । उपाध्यक्षमा प्रेमबहादुर बुढाले १८७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी पदम बुढा १३८ मत प्राप्त गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सचिवमा मानबहादुर रोकाया १७९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी आदीप्रसाद न्यौपानेले १४१ मत प्राप्त गरे ।उपसचिवमा धनबहादुर बुढाले १७९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी धर्मेन्द्र रोकायाले १४१ प्राप्त गरे ।

महिला उपसचिवमा मेनका रेग्मीले १७४ मत प्राप्त गरी विजयी भए । सुशीला भट्टराईले १०८ मत प्राप्त गरेको नेकपा एमाले जुम्लाले जनाएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय