site stats
बाह्रखरी :: Baahrakhari
देश
हराएका २४ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमडाौं । विभिन्न समयमा हराएका २४ वटा दुईपांग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले १९ वटा मोटरसाइकल र पाँच वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 

Argakhachi Cement Island Ad

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, गौशाला, बौद्ध, माछापोखरी, सीतापाइला, स्वयम्भू, जावलाखेल, इमाडोल र थलि लगायतका विभिन्न स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । 

आज बुझाइएका २४ वटासहित ३३५ सवारीसाधन चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रूपमा नेपाल भित्रिएका १७ सवारीसाधनलाई भने भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता श्रेष्ठले बताए । चालु आर्थिक वर्षको हालसम्म चोरीका २४ वटा दुईपांग्रे सवारीसाधनसहित संलग्न २९ जनालाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । 

सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गरी सवारीसाधन चोरी तथा हराउनबाट रोक्न सकिने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्