site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानी आक्रमणको बदला लिने तयारीमा इजरायल 

काठमाडौं । इजरायलले शनिबार आफ्नो भूमिमा इरानले गरेको आक्रमणको बदला लिने तयारी गरेको छ । सोमबार इजरायलको युद्ध मन्त्रिपरिषद् बैठकले इरानसँग बदला लिने विषयमा छलफल गरेको छ ।

इरानले प्रहार गरेका तीन सयभन्दा बढी ड्रोन र मिसाइल इजरायल, अमेरिका, बेलायत र जोर्डनले खसालेको थियो ।

इजरायलले सिरियास्थित इरानी वाणिज्य दूतावासनजिक अप्रिल १ मा आक्रमण गरेको बताइएको छ । उक्त आक्रमणमा सात इरानी अधिकारीसहित १३ जना मारिएका थिए । इरानले त्यसकै बदलामा शनिबार इजरायलमा आक्रमण गरेको थियो ।

अमेरिका, बेलायतलगायत देशले इजरायललाई बदला नलिन र संयमितता अपनाउन भनिरहेका छन् । इरानले थप आक्रमणको योजना नभएको भनेको छ । तर, इजरायली सेना प्रमुखले आक्रमणको जवाफ दिने भनेका छन् ।

Global Ime bank

इजरायलका सेना प्रमुख हर्जी हेलेवीले पत्रकारहरूसँग बोल्दै सप्ताहन्तमा इरानी आक्रमणको जवाफ दिइने भनेका छन् । इजरायलले कसरी प्रतिक्रिया दिन्छ भन्ने कुरा स्पष्ट छैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu