site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘डिग्री माइला’का कलाकार पुगे पूर्वी नेपालका दर्शक भेट्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘डिग्री माइला’बारे दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिन कलाकारहरू पूर्वी नेपालतर्फ लागेका छन् । गत चैत ३० गतेबाट प्रदर्शनमा आएको चलचित्रका कलाकारहरू दयाहाङ राई, आँचल शर्मा, विजय बराललगायत कलाकार आजबाट पूर्वी नेपालका हल भिजिट गर्नेछन् । 
 
कोसी प्रदेशको राजाधानी बिराटनगरबाट सुरु हुने यो भेटघाट बिर्तामोड पुगेर टुंगिने निर्माता मणिराम पोखरेलले बताएका छन् ।

पोखरेलका अनुसार टिम मङगलबार बिहान १० बजे बिराटनगर स्थित क्यूएफएक्स सिनेमा हलमा पुगेर प्रेस तथा ११ः३० को शोमा सिनेमा हेर्न आएका दर्शकसँग भेटघाट एवम् संवाद गर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

बिराटनगरपछि टिम इटहरीका दुईवटा सिनेमा हल इलाइट सिनेमा हल र इटहरी क्यूएफएक्स पुग्नेछ । साँझमा ५ बजे धरान स्थित फ्रेण्ड्स सिनेमाज पुग्नेछ । बुधबार बिहान ११ बजे दमकस्थित डि म्याक्स सिनेमा हल र दिउँसो २ बजे बिर्तामोड क्यूएफएक्स र ५ बजे पाथिभरा सिनेप्लाजामा जाने पोखरेलले जानकारी दिएका छन् । 

निर्देशक रामबाबु गुरुङ निर्देशित सिनेमाले वक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement