site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टीभीआरएस प्रणालीमा दर्ता भए साढे ३१ लाख ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकको रेकर्ड 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काडमाडौं । ट्राफिक नियम उल्लंघन गरी जफत गरिएका कागजपत्र फिर्ता लिन र जरिबाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने झन्झटबाट अधिकांश सेवाग्राही मुक्त भएका छन् । 

ट्राफिक नियम उल्लंघन गर्नेहरूको अभिलेख संकलन गरी कारबाही गर्न ट्राफिक प्रहरीलाई सहज भएको छ । ट्राफिक प्रहरीले लागु गरेको ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस)का कारण सहज भएको हो । यस प्रणालीमार्फत् ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियम उल्लंघन गरेबापत जारी गर्ने चिट र कारबाहीको विवरण अभिलेखमा राखिन्छ । कुनै पनि सवारी चालकले गरेका सवारीसम्बन्धी कसुरको अभिलेखका आधारमा कति जरिबाना तिर्नु पर्ने हो, यस प्रणालीले स्वचालित रूपमा निर्धारण गर्दछ । 

Prabhu Bank
Agni Group
NIC Asia

पटके कसुरको विवरण पनि यस प्रणालीले आफैँ हिसाब राख्छ । टीभीआरएस प्रणालीको प्रभावकारिताबारे नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले आधुनिक प्रविधिको प्रयोगमार्फत् प्रहरी सेवालाई थप चुस्त बनाउन पहल गरिएको बताए । टीभीआरएस प्रणाली २०५८ सालमा सुरू भएको हो । समयानुकूल परिमार्जन गर्दै आर्थिक वर्ष २०७६/०७७ बाट हालको अवस्थामा काठमाडौं उपत्यकामा सञ्चालनमा आएको हो ।

हाल यस प्रणाली देशभरिका ४५ बढी जिल्लाहरूमा सञ्चालनमा छ । आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म ३१ लाख ४७ हजार ९५३ वटा ट्राफिक नियम उल्लंघनका कसुरहरू यस प्रणालीमा दर्ता भएका छन् । जसबाट कुल दुई अर्ब ३३ करोड दुई लाख २८ हजार ९६४ रूपैयाँ राजस्व संकलन भएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement