site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आईपीओ जारी गर्दै अर्घाखाँची सिमेन्ट, बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न लागेको छ । त्यसका लागि एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा आज (सोमबार) हस्ताक्षर भएको हो । 

कम्पनीले साधारण सेयर निष्कासन गर्नेसम्बन्धी कामका लागि एनएमबी क्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौतापत्रमा अर्घाखाँची सिमेन्ट लिमिटेडका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल र बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् ।
 
नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकता पूरा गरी चाँडै नै आईपीओ जारी गर्ने चिफ फाइनान्सिएल अफिसर पौडेलले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro