site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भारतीय सेयर बजारमा सूचीकृत हुँदै चौधरी ग्रुपको वाइवाइ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । डलर अर्बपति विनोद चौधरीको वाइवाइ चाउचाउ उत्पादन गर्ने कम्पनी भारतीय सेयर बजारमा सूचीकृत हुने तयारीमा लागेको छ । चौधरी ग्रुपको भारतीय फुड (खाद्य) युनिटले भारतीय सेयर बजारमा सन् २०२६ सम्म आईपीओ जारी गर्ने तयारी गरेको हो ।

गुडगावमा आधारित कम्पनीले भारतीय बजारका लागि वाइवाइ उत्पादन गर्छ । वाइवाइले भारतमा नेस्ले लिमिटेडको माग्गी र आईटीसीको यिप्पी चाउचाउसँग प्रतिस्पर्धा गर्छ । सीजी फुड्स इन्डियाका ग्लोबल प्रमुख कार्यकारी अधिकृत (सीईओ) मानवेन्द्र शुक्लाले आउँदो दुई वर्षमा नयाँ उत्पादन बजारमा ल्याउँदै कम्पनी आईपीओ जारी गर्ने आकारमा कम्पनी पुग्ने बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

शुक्लाले भनेका छन्, “हामीसँग केही छ, जुन बजारमा अझै नक्कल भएको छैन ।”

वार्षिक ८ अर्ब भारतीय रुपैयाँ आम्दानी रहेको सीजी फुड्स इन्डियाको चाउचाउ बजारमा २८ प्रतिशत हिस्सा रहेको ब्लुमबर्गमा प्रकाशित समाचारमा उल्लेख छ । आईपीओ जारी गर्ने विषय अहिले सुरुवाती चरणमा रहेको शुक्लाले बताएका छन् । उनका अनुसार यस वर्ष १५ प्रतिशत आम्दानी बढाउने लक्ष्य कम्पनीको छ ।

Global Ime bank

भारतमा पछिल्लो समय प्याकेजिङ गरिएका खाद्य सामग्री उत्पादन गर्ने कम्पनीहरुले आईपीओ जारी गर्ने क्रम चलेको छ । सीजीले अन्य साना प्रतिस्पर्धी कम्पनी खरिद गर्दै आईपीओ जारी गर्नेतर्फ अघि बढ्ने बताइएको छ ।

सन् १९८५ देखि नेपालमा उत्पादन सुरु भएको वाइवाइ चाउचाउको बजार हिस्सा भारतमा तेस्रो स्थानमा छ । भारतमा सीजी फुड्स इन्डियाका सातवटा प्लान्ट छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय