देश
काठमाडौं । नुवाकोटमा गए राति एकजनाको हत्या गरिएको छ । ककनी नगरपालिका–२, ठूलो चित्रेका ३० वर्षीय मंगले तामाङको हत्या गरिएको हो ।
प्रहरीका अनुसार, सोही ठाउँका ६५ वर्षीय डम्बर तामाङले उनको हत्या गरेका हुन् । मदिरा सेवन गरेका डम्बरले खुर्पाले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
पुरानो रिसइबीका कारण उनको हत्या गरिएको खुलेको नुवाकोटका प्रहरी प्रमुख एवं एसपी शान्तिराज कोइरालाले बाह्रखरीलाई जानकारी दिए । डम्बरमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१ १०:५५
प्रतिक्रिया दिनुहोस्