site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विपद्का घटनाबाट एक वर्षमा ४९३ जनाको मृत्यु, साढे पाँच अर्बको क्षति 
फाइल तस्बिर ।

काठमाडौं । बितेको एक वर्षमा नेपालमा विपद्का घटनामा परेर ४९३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, ०८० वैशाख १ देखि चैत ३० गतेसम्मको अवधिमा भएका विपद्का घटनामा उनीहरूले ज्यान गुमाएका हुन् ।

पछिल्लो एक वर्षमा ६ हजार ४०४ विपद्का घटना रेकर्ड भए । पहिरो, बाढी, हाई अल्टिच्युड, डुंगा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, हुरीबतास, भूकम्प, जनावर आक्रमण, हिमपहिरो, डढेलो र हिमपातलाई विपद्को घटनामा समेटिएको छ ।

प्राधिकरणको तथ्यांकानुसार, गत वर्ष सबैभन्दा बढी आगलागीका घटना रेकर्ड गरियो । बितेको वर्ष चार हजार ६१ आगलागीका घटना भएका थिए ।

Dabur Nepal
NIC Asia

यस्तै, पहिरोका ५०४, डढेलोका ४९०, जनावर आक्रमणका ३९३, चट्याङका २५०, भारी वर्षाका १७३, हुरीबतासका १५७, बाढीका १५३, भूकम्पका १०६, हाई अल्टिच्युडका ६०, डुंगा दुर्घटनाका दुई, सर्पदंशका ३५ र हिमपहिरोका सात घटना रेकर्ड भएको प्राधिकरणको तथ्यांक छ ।

वर्ष ०८० मा विभिन्न प्रकारका विपद्का घटनाबाट देशभर ८० हजार ७१६ परिवार प्रभावित भए । ०७९ मा देशभर चार हजार ५५६ विपद्का घटना रेकर्ड गरिएको थियो । ती घटनामा परी ४८४ को मृत्यु, ३७ बेपत्ता र एक हजार ४० जना घाइते भएका थिए ।

०८० मा विपद्का घटनाबाट सात हजार ५०२ परिवार प्रभावित भए । दुई अर्ब ८५ करोड ९९ लाख ३६ हजार ४५० रुपैयाँबराबरको आर्थिक क्षति भयो ।

भूकम्पबाट सबैभन्दा बढीको मृत्यु 
विपद्का घटनामध्ये गत वर्ष सबैभन्दा बढी मानिसको मृत्यु भूकम्पका कारण संरचना भत्कँदा भएको देखिन्छ । भूकम्पपछि संरचना भत्कँदा थिचिएर १५५ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

भूकम्पछि सबैभन्दा बढीको ज्यान लिने विपद्का घटनामा आगलागी रह्यो । आगलागीका घटनामा परेर गत वर्ष १०६ जनाको मृत्यु भयो ।

प्राधिकरणका अनुसार, बितेको वर्ष पहिरोमा परी ५०, बाढीबाट १८, हाई अल्टिच्युडका कारण १५, चट्याङ लागेर ४६, डुंगा दुर्घटना हुँदा एक, सर्पदंशबाट २०, भारी वर्षाका कारण दुई, हुरीबतासका कारण पाँच, जनावरको आक्रमणका कारण ४५, हिमापहिरोमा १२ र डढेलोमा परी ११ जनाले ज्यान गुमाए ।

गत वर्ष विपद्का घटनामा परी ३१ जना बेपत्ता भएका छन् । उनीहरूको अवस्था अझै अज्ञात छ । पहिरोमा नौ, बाढीमा २१ र डुंगा पल्टँदा एकजना बेपत्ता भएका हुन् । 

१६ सयभन्दा बढी घाइते 
वर्ष ०८० मा विभिन्न विपद्का घटनामा परेर एक हजार ६१६ जना घाइते भए । प्राधिकरणको तथ्यांकानुसार, गत वर्ष आगलागीका घटनामा परी सबैभन्दा घाइते भएका थिए । आगलागीका घटनामा परी ५०६ जना घाइते भएका हुन् ।

दोस्रो ठूलो संख्या भूकम्पले संरचना भत्कँदा थिचिएर घाइते हुनेहरूको छ । बितेको वर्ष भूकम्पले संरचना भत्कँदा थिचिएर ३९९ जना घाइते भए ।

वर्ष ०८० मा हाई अल्टिच्युडबाट ४९, पहिरोमा परी ६१, बाढीमा आठ, चट्याङ लागेर २२८, सर्पदंशबाट १८, भारी वर्षाका कारण १२, हुरीबतासबाट १८, जनावरको आक्रमणमा २७८, हिमपहिरोमा पाँच र डढेलो परी २७ जना घाइते भए । 

सबैभन्दा बढी आर्थिक क्षति आगलागीबाट 
प्राधिकरणको तथ्यांकले वर्ष ०८० मा सबैभन्दा बढी आर्थिक क्षति आगलागीका घटनाले गरेको देखाउँछ । गत वर्ष आगलागीका कारण दुई अर्ब ५२ करोड ६८ लाख ६३ हजार ५४२ रुपैयाँबराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

दोस्रो ठूलो आर्थिक क्षति भूकम्पले गरेको देखिन्छ । भूकम्पका घटनाले बितेको वर्ष दुई अर्ब ४७ करोड १४ लाख ५५ हजार रुपैयाँको आर्थिक क्षति गरेको थियो ।

यस्तै, बाढीका कारण २५ करोड १३ लाख पाँच हजार ५००, पहिरोका कारण पाँच करोड ९३ लाख ४३ हजार २००, भारी वर्षाका कारण दुई करोड सात लाख ६९ हजार, हुरीबतासबाट तीन करोड ९४ लाख ९१ हजार ४००, जनावर आक्रमणबाट एक करोड ६५ लाख २३ हजार ४००, डढेलोबाट दुई करोड ४२ लाख ५८ हजार २०० र चट्याङबाट ८४ लाख ८१ हजार ५०० रुपैयाँ आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro