site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भक्तपुरमा बिस्केट जात्रा हेर्नेको घुइँचो
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

भक्तपुर । नयाँ वर्षको अवसरमा भक्तपुरमा आठ दिन नौ रातसम्म भव्य रूपमा मनाइने विश्व प्रसिद्ध बिस्काः जात्रा अर्थात् बिस्केट जात्रा हेर्न मानवसागर उर्लिएको छ । वैशाख १ गते ल्यासिंखेलमा उठाइने अष्टमात्रिका गणसहित लिंगो जात्रा हेर्न भक्तपुरलगायत उपत्यकाका विभिन्न ठाउँबाट हजारौँ मानिस आएका हुन् ।

बिहानैदेखि चुपिन घाटमा स्नान गरेर ल्यासिंखेलमा दर्शन गर्न आउनेको भीड लागेको छ । हिजो (चैत ३०) साँझ ७ बजेर ३० मिनेटमा हजारौँ व्यक्तिका अगाडि यहाँका बासिन्दाले ५५ हात लामो योसिङ द्यः अर्थात् लिंगो उठाएकामा शनिबार दिनभर जात्रा गरेर साँझ विधिपूर्वक पूजा गरी तान्त्रिक विधि पुर्‍याएर लिंगो ढालिने परम्परा छ ।

लिंगोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमात्रिकाका प्रतीक आठवटा डोरीले तानेर उक्त लिंगो उठाउने प्रचलन छ । आठवटा मोटा एवं लामो डोरी बाँधेर चारैतिरबाट गोलाकार रूपमा बसेर लिंगोलाई योसिंको प्वालमा छिराएर वरिपरिबाट डोरीको माध्यमले तानेर ठड्याइने गरिन्छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro