site stats
बाह्रखरी :: Baahrakhari
कला
नेपथ्यले पूर्वबाट सुरु गर्‍यो नयाँ वर्षको सुरुआत 

काठमाडौं । लोकरक ब्यान्ड नेपथ्यले पूर्वबाट नयाँ वर्षको भब्य सुरुआत गरेको छ । झापाको विर्तामोडस्थित डोमालाल रंगशालामा शुक्रबार नेपथ्यले वर्षकै अन्तिम साँझ ‘कोसीको पानी यो जिन्दगानी’बाट कार्यक्रमको थालनी गरेको थियो । 

‘कोसीको पानी’पछि क्रमैसँग ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ सुनाएपछि नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले दर्शकसँग संवादको थालनी गरेका थिए । उनले नयाँ वर्ष २०८१ को शुभकामना दिएका थिए । 

कार्यक्रममा त्यसपछि अमृतले ब्यान्डको पहिलो रेकर्ड गरिएको गीत प्रस्तुत गर्ने अनुमति माँग्दै ‘आँगनैभरि’ सुनाएका थिए । त्यसलाई ‘लामपाते सुरती’ र ‘चरि मरयो’ गीतले निरन्तरता दिएको थियो ।

अमृतले हालै मात्र रेकर्ड गरिएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ लगायत गीत गाएका उनले कार्यक्रमको अन्त्य सँधैजस्तै नेपाली राष्ट्रिय झण्डाको महिमागान् ‘रातो र चन्द्रसूर्जे’बाट गरेका थिए । 

Global Ime bank

पूर्वी नेपालबाट नयाँवर्षको स्वागतसहित निस्किएको नेपथ्यले अब यो वर्षभरि श्रृंखलावद्ध यात्रामा नेपाल र विदेशका मञ्चहरूमा आफूलाई उपस्थित गराउनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu