site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चैत महिनाभरि सुनको मूल्यमा ‘रेकर्डै–रेकर्ड’
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व बजारमा सुनको मूल्य लगातार बढेसँगै नेपालमा पनि त्यसको प्रभाव देखियो । २०८० को अन्तिम महिना चैतमा सुनको मूल्यले ‘रेकर्डै–रेकर्ड’ बनायो । यो महिना छापावाल सुन प्रतितोला एक लाख २४ हजार ५०० रुपैयाँभन्दा कममा कारोबार भएन । 

वर्षको अन्तिम दिन शुक्रबार भने छापावाल सुन एक लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । एकै दिन छापावाल सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले बढेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

चैत १ गते सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँमा करोबार भएको थियो । यो महिना सबैभन्दा कममा एक लाख २४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चैत ८ गते छापावाल सुन एक लाख २७ हजार ८०० रुपैयाँमा करोबार भएको थियो । त्यसैगरी चैत १५ गते एक लाख २७ हजार ९०० रुपैयाँमा, १६ गते एक लाख ३० हजार रुपैयाँमा र १९ गते एक लाख ३१ हजार ६०० रुपैयाँमा करोबार भएको थियो । 

त्यसैगरी २१ गते एक लाख ३३ हजार रुपैयाँमा कारोबार भएको थियो । २२ गते एक लाख ३४ हजार, चैत २५ गते पुनः नयाँ रेकर्ड बनाउँदै एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

Global Ime bank

त्यस्तै, २६ गते एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछिका दिनमा २७ गते एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार हुँदा २८ गते एक लाख ३६ हजार ८०० र ३० गते एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ । पछिल्लो एक महिनाको तथ्यांक हेर्दा सुनको मूल्य लगातार बढेको देखिन्छ । गोल्डप्राइज डट ओआरजीका अनुसार मार्च ११ देखि अप्रिल ११ सम्म २१५.४३ अमेरिकन डलरले बढेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतितोला २३९४.३२ अमेरिकन डलरमा कारोबार भइरहेको छ । 

gold_-1712908142.JPG
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC