site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
प्रिमियरमा ‘डिग्री माइला’ले कस्तो पायो प्रतिक्रिया ?

काठमाडौं । चलचित्र ‘डिग्री माइला’को प्रिमियर सम्पन्न भएको छ । निर्माण टिमले सिनेमाका कलाकारसहित ठूलो संख्यामा सिने कलाकारको उपस्थितिमा बिहीबार साँझ प्रिमियर गरेको हो । 

प्रिमियरमा उपस्थित कलाकारले सिनेमाले मौलिक विषय उठान गरेको प्रतिक्रिया दिएका छन् । आफूभित्र रहेको अहमलाई नियन्त्रण गर्न नसके त्यसले आफैँलाई पुर्याउने क्षतिलाई सिनेमाले देखाएको छ । प्रिमियरमा उपस्थित कलाकारले यसलाई आम नेपाली युवाको समस्य भएको प्रतिक्रिया दिएका छन् । 
 
चलचित्र ‘डिग्री माइला’लाई सिनेमा घरहरूले उच्च संख्यामा शो दिएका छन् । रामबाबु गुरुङ निर्देशित सिनेमाले उच्च संख्यामा शो पाएको हो । 

Dabur Nepal
NIC Asia

aanchal-1712890740.jpg
दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिका रहेको चलचित्रमा विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । 

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।

सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक रहेको छ । सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

99ea4aec-abef-4a31-8a18-c40fc50b6267-1712890779.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro