site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लन्डन म्याराथनमा जाने गोपीलाई केएल दुगड ग्रुपले एक लाख दिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लन्डन म्याराथनमा भाग लिने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीलाई केएल दुगडले एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बिहीबार नेपाल ओलम्पिक कमिटी (एनओसी)मा गोपीको बिदाइ कार्यक्रममा केएल दुगडका प्रबन्ध निर्देशक कुमुद दुगडले गोपीलाई तयारीका निम्ति एक लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

प्रबन्ध निर्देशक दुगड, एनओसीका जीवनराम श्रेष्ठ, नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्ट र लि निङको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जनले गोपीलाई बिदाइ गरेका थिए । शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने गोपीले आउँदो वैशाख ९ गते आयोजना हुने लन्डन म्याराथनमा भाग लिनेछन् ।

नवौँ धारा नेपालगन्ज म्याराथनका विजेताका बनेर गोपी लन्डन ओलम्पिकका लागि छनोट भएका थिए । विश्वका शीर्ष ६ म्याराथनमध्येको एक लन्डन म्याराथनमा गोपीले पहिलोपटक भाग लिन लागेका हुन् । उनले यसअघि बर्लिन म्याराथनमा पनि भाग लिइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement