देश
काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी गौरवकुमार केसीले पाएका छन् । पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा संगठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो ।
हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीलाई जंगीअड्डास्थित सैनिक अभिलेखालयमा सरुवा गरिएको छ । उनले केही दिनमा सहायक रथी केसीलाई प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्नेछन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना वि.सं. २०५८ चैत २० गते भएको हो । रासस
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८० १५:२५
प्रतिक्रिया दिनुहोस्