अर्थ व्यवसाय

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन तोलामा एक लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८० १२:०२
प्रतिक्रिया दिनुहोस्