site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इन्टर मियामी कोन्काकाफ च्याम्पियन्स कपको क्वार्टरफाइनलबाटै बाहिरियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । मोन्टेरीसँग दोस्रो लेगमा ३–१ ले पराजित भएपछि लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामी कोन्काकाफ च्याम्पियन्स कपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

बिहीबार स्टाडियो बीबीभीएमा भएको खेलमा मोन्टेरीलाई जित दिलाउन ब्रान्डन भाज्क्वेज, जर्मन बेर्टेरम र जिसस गाल्लार्डोले गोल गरे । मियामीका डियागो गोमेजले एक गोल फर्काए ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ३१औँ मिनेटमा भाज्क्वेजको गोलमा मोन्टेरीले अग्रता बनाएको थियो । ५८औँ मिनेटमा बेर्टेरमले गोल गरेपछि मोन्टेरीले अग्रता दोब्बर बनायो । ६४औँ मिनेटमा गाल्लार्डोले गोल गर्दै मोन्टेरीको अग्रतालाई ३–० मा पुर्याएका थिए ।

मियामीका गोमेजले ८५औँ मिनेटमा गोल फर्काए पनि टिमको हार टार्न सकेनन् । त्यसअघि, ७८औँ मिनेटमा जोर्डी अल्बाले रातो कार्ड व्यहोर्दै मैदान छाडेपछि मियामी १० खेलाडीमा समेटिएको थियो ।

Global Ime bank

मोन्टेरीले मियामीविरुद्ध समग्रमा ५–२ को जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा मोन्टेरीले मियामीलाई २–१ ले हराएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC