site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सात चरणमा हुँदै भारतको आम निर्वाचन, पहिलोमा १०२ सिटका लागि १,६२५ प्रतिस्पर्धी
Sarbottam CementSarbottam Cement

 

काठमाडौं । भारतको आम निर्वाचन अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा हुँदै छ ।

निर्वाचनको पहिलो चरणको मतदान अप्रिल १९ मा हुँदै छ । भारतका २१ राज्य तथा संघीय क्षेत्रमा गरी १०२ सिटका लागि हुने मतदानमा एक हजार ६२५ उमेदवार प्रतिस्पर्धामा रहनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

करोडपतिदेखि  अपराधिक मुद्दा लागेका उमेदवार

एक निजी निर्वाचन अनुगमन समूह 'एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर)'ले पहिलो चरणका तीनमध्ये एक उमेदवार करोडपति रहेको जनाएको छ । यस्तै, उसले धेरै उमेदवारको सम्पत्ति शून्य रहेको समेत उल्लेख गरेको छ ।

Global Ime bank

पहिलो चरणका ४५० उमेदवार करोडपति छन् । जसमा भारतीय जनता पार्टी (भाजपा)का ६९ जना र भारतीय राष्ट्रिय कांग्रेसका ४९ जना छन् ।

भाजपाका उमेदवारको औसत सम्पत्ति २२.३८ करोड भारतीय रुपैयाँ रहेको छ । कांग्रेसका उमेदवारको औसत सम्पत्ति २७.७९ करोड छ ।

एडीआरको विश्लेषणका अनुसार १६ प्रतिशत (करिब २५२ उमेदवार) अपराधिक मुद्दामा जोडिएका छन् । यस्तै, १० प्रतिशत (१६१ जना) गम्भीर अपराधिक मुद्दामा जोडिएका छन् ।

यसबाहेक सात उमेदवार हत्या आरोपमा र १९ हत्या प्रयासमा संलग्नहरू रहेको डरलाग्दो तथ्यांक देखिएको छ । अठार जना महिलाविरुद्धको आरोप र एकजना बलात्कारको मुद्दा सामना गरेका व्यक्तिसमेत उमेदवार रहेको एडीआरको तथ्यांक छ ।

१८औँ लोकसभाको निर्वाचनबाट ५४३ सदस्य चयन हुनेछन् । ४४ दिनसम्म चल्ने भारतको आम निर्वाचन विश्वकै सबैभन्दा ठूलो चुनाव हो ।

भाजपा, कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी, बहुजन समाज पार्टी, राष्ट्रिय जनता पार्टी र आम आदमी पार्टीलगायतका पार्टी चुनावमा छन् ।

पहिलो चरणमा अरुणाञ्चल, आसाम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, र केन्द्र शासित प्रदेश अन्डमान र निकोबार टापुहरू, जम्मू र कश्मीर, लक्षद्वीप र पुडुचेरीमा निर्वाचन हुँदै छ ।

निर्वाचनका थप ६ चरणहरू अप्रिल २६, मे ७, मे १३, मे २०, मे २५ र जुन १ मा तोकिएको छ । जुन ४ सम्म निर्वाचनको नतिजा आइसक्ने बताइएको छ । निर्वाचनमा बहुमत ल्याउने वा पहिलो दलले गठबन्धनको सरकार बनाउनेछ ।

पहिलो चरणको निर्वाचन

क्रसंप्रदेशसिट
अरूणाचल प्रदेश
आसाम
बिहार
छत्तीसगढ
मध्य प्रदेश
महाराष्ट्र
मणिपुर
मेघालय
मिजोरम
१०नागाल्याण्ड
११राजस्थान१२
१२सिक्किम
१३तमिलनाडु३९
१४त्रिपुरा
१५उत्तर प्रदेश
१६उत्तराखण्ड
१७पश्चिम बंगाल
१८अण्डमान र निकोबार टापुहरू
१९जम्मू कश्मीर
२०लक्षद्वीप
२१पुडुचेरी
 कुल१०२

टाइम्स अफ इन्डियाबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement