site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निजी क्षेत्रको प्रश्न– घोषणा भएको भ्रमण दशक सरकार आफैँले बिर्सिएको त छैन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले भ्रमण दशक घोषणा गरे पनि स्वयं बिर्सिएको महसुस निजी क्षेत्रलाई भएको बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघको पर्यटन समितिले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँगको अन्तरक्रियामा उनले उपयुक्त पूर्वाधार, सडक तथा हवाइ सेवापछि मात्र स्पष्ट योजना र तयारीका साथ भ्रमण वर्ष मनाउने तयारी गर्नुपर्ने बताए । 

कार्यक्रम तथा योजना घोषणा गरेर मात्रै कुनै महत्व नहुने भन्दै उनले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् हवाई टिकटमा लगाइएको भ्याट आगामी आर्थिक विधेयकबाट हटाउन माग गरे । उनले पर्यटन क्षेत्रलाई अन्य उद्योग सरहको मान्यता दिइ प्रोत्साहन गर्नुपर्ने, पर्यावरणमैत्री पर्यटनको विकास तथा प्रवर्द्धनमा जोड दिइनुपर्ने आवश्यकता रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष अग्रवालले नेपालको पर्यटन विकासका लागि निजी क्षेत्रले गरेको लगानी र मिहिनेत सरकारबाट अपेक्षाकृत रुपमा नभएको गुनासो गरे । उनले सरकारले पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राखेर काम गर्दा अहिलेको भन्दा दोब्बर पर्यटक नेपाल भित्रिने दाबी गरे । 

नेपाल वायुसेवा निगम प्रतिष्पर्धी बन्न नसकेको उल्लेख गर्दै निगम बलियो नहुँदा वदेशी विमान कम्पनीहरूले लाभ लिइरहेको बताए । राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउन निगमको सुधार तथा विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउन आवश्यक रहेको बताए । 

Global Ime bank

युरोपेली देशसँगको सिधा हवाई सम्पर्कलाई तत्काल जोड्नसके पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुने उनको भनाइ छ । अध्यक्ष अग्रवालले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्याउन आवश्यक रहेको बताए । अर्बौं लगानीमा बनेका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनुपर्नेमा उनको जोड छ । 

अध्यक्ष अग्रवालले राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाको सफल निर्माण, सञ्चालन तथा अपेक्षित लाभ मुलुकले हासिल गर्न पनि सही ठाउँमा सही नेतृत्व आवश्यक रहेको बताए । निर्माण सम्पन्न भएका तर सञ्चालनमा नआएका करिव दुई दर्जन आन्तरिक विमानस्थल रहेको उल्लेख गर्दै लामो समयदेखि सञ्चालनमा नआएका विमानस्थलहरूमा निजी क्षेत्रलाई पर्यटकीय गतिविधि सञ्चालन गर्न दिन उपयुक्त हुने बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement