site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आयल निगम, विद्युत् प्राधिकरण र नेपाल वायुसेवा निगम नाफामा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरू नाफामा गएको बताएका छन् । 

शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगमलगायतका सार्वजनिक संस्थाहरु नाफामा गएका जानकारी दिएका हुन् । 

“सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार गरिँदै छ । नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने । 

हालै सम्पन्न लगानी सम्मेलनमा उत्साहवद्र्धक रूपमा विदेशी लगानीकर्ताहरूको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको दाबी गर्दै उनले आफूले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति र अहिलेको देशको आर्थिक स्थितिमा धेरै सुधार भएको जिकिर गरे । 

शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधारजस्ता कारणले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि बढेको उनको भनाइ छ । 

प्रधानमन्त्री प्रचण्डले वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता ल्याई लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको  र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको बताए । 

“मैले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति के थियो ? तपाईं हामी कुन सन्त्रासमा गुज्रिएका थियौँ भन्नेकुरा हामी सबैलाई थाहा छ । तर अहिले क्रमशः सुधार आइसकेको छ । शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजस्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु विस्तारै सकारात्मक दिशातिर अघि छन् । वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता ल्याई लगानीको वातावरण सिर्जना गरिएको छ । बैंकको ब्याजदर घटाइएको छ । लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको छ,” उनले भने । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro