site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
स्थिर राजनीति र ठोस आर्थिक नीतिबिना देश बन्दैन : पूर्वप्रधानमन्त्री भट्टराई
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थिर राजनीति र ठोस आर्थिक नीतिबिना देश बन्न नसक्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नेपाल कृषिप्रधान अर्थतन्त्र भएको मुलुक भएको भन्दै कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताए । 

पूर्वप्रधानमन्त्री डा. भट्टराईले कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा जोड दिए मात्रै देश विकास गर्न सकिने बताए । उनले कृषि क्षेत्रको जनसंख्यालाई न्यूनतम १० प्रतिशत भन्दा तल झार्ने, उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३५/४० प्रतिशतसम्म पुर्याउने र सेवा क्षेत्रलाई ५०/५५ प्रतिशतमा पुर्याउनसके मात्रै देश विकास सम्भव हुने बताए । 

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा गएर त्यसको मातहतमा बलियो इकोनोमिक डेभलपमेन्ट अथोरिटी बनाएर देशलाई दुई दशकभित्र दुई अंकको निरन्तर आर्थिक वृद्धिदर हाँसिल गर्ने दिशामा अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । 
पूर्वप्रधानमन्त्री डा. भट्टराईले चीन र भारतसँग औद्योगिकीकरणमा तालमेल गरेर अघि बढ्न आवश्यक रहेको धारणा राखे । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement