site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ५०० रुपैयाँ बढेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

Argakhachi Cement Island Ad

तेजावी सुन तोलामा एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्