site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
०४७ यताका प्रकरणको छानबिन गर्न पहिले कानुन संशोधन गरौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४७ यता सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि पहिले कानुनमा संशोधन आवश्यक रहेको बताएका छन् ।

मंगलबार राति सामाजिक सञ्जालबाट थापाले एक भिडियो राखेर आफूले भ्रष्टाचारको पाँचवर्षे हदम्यादका सम्बन्धमा संशोधन राखेको पनि बताएका छन् । मन्त्रिपरिषद्‌बाट भएका निर्णयलाई नीतिगत निर्णयका नाममा उन्मुक्ति दिने प्रावधानमा पनि आफूले संशोधन दर्ता गराएको उनको भनाइ छ । 

कानुनहरू संशोधन गरेर आयोगमार्फत ०४७ सालपछिका कर्मचारीदेखि नेतासम्मको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

अर्कोतिर सहकारी ठगी प्रकरणमा पनि छानबिन गर्नुपर्ने उनको भनाइ छ । सहकारी ठगीमा नेतादेखि सरकारी निकायको पनि संलग्नता हुने सक्ने भएकाले सबै सहकारीको छानबिन गर्नुपर्ने थापाको भनाइ छ ।

महामन्त्री थापाले आफूहरू आयोग वा संसदीय समिति जे बनाए पनि छानबिनका लागि तयार रहेको बताएका छन् । उनले सहकारी ठगीमा मुछिएकाहरू पनि छानबिनका लागि तयार हुनुपर्ने तर्क गरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro