काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल आफ्नो गिरफ्तारीविरुद्ध सर्वाेच्च अदालत जाने भएका छन् ।
अन्तःशुल्क नीतिसँग जोडिएको घोटाला मुद्दामा प्रवर्तन निदेशालय (ईडी)ले उनलाई मार्च २१ मा पक्राउ गरेको थियो ।
आफ्नो गिरफ्तारीलाई अवैध ठहरर्याउन उनले दिएको निवेदन दिल्ली उच्च अदालतले मंगलबार खारेज गरिदिएको छ ।
त्यसको केही घण्टापछि उनको आम आद्मी पार्टी (आप)ले सर्वाेच्च अदालत जाने घोषणा गरेको हो । आपका उच्च नेता एवं दिल्लीका स्वास्थ्य, सहरी विकास तथा खानेपानी मन्त्री सौरभ भारद्वाजले आफूहरू सर्वाेच्च अदालत जाने बताएका हुन् ।
पत्रकार सम्मेलनमा उनले भने, “हामी उच्च अदालतलाई सम्मान गर्छौं । तर, हामी सम्मानपूर्वक यसको आदेशसँग सहमत भएका छैनौँ । यसविरुद्ध सर्वोच्च अदालत जानेछौँ ।”
केजरीवाल हाल दिल्लीको तिहार जेलमा छन् ।
टाइम्स अफ इन्डियाबाट ।