site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अमेरिकामा एरिकालाई नौ लाख रुपैयाँसहित सम्मान 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसियाली खेलकुद (एसियाड)की रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा सम्मानित भएकी छन् । ११औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब यूएसएको आयोजनामा एरिकालाई सात हजार ११ अमेरिकी डलर (नौ लाख ३२ हजार ४६३ रुपैयाँ) र प्रमाणपत्रसहित सम्मान गरिएको हो । 

दुई महिनाअघि न्युयोर्कमा सुरु भएको च्याम्पिनसिप मार्सल आर्ट्समा नेपाली समुदायका बालबालिका लागि हरेक आइतबार निःशुल्क ताईची र छि गुंग कक्षा सञ्चालन गर्ने लामाले घोषणा गरेका छन् । च्याम्पियन्स मार्सल आर्ट्स काठमाडौंको बालाजुमा चार वर्षअघिबाट सञ्चालनमा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यूएसए ओपन कराते च्याम्पियनसिपमा भाग लिनका लागि अमेरिका पुगेकी एरिकालाई सम्मान गरिएको हो । उनलाई तमु परिवारले दुई हजार ७५६, तमु सोसाइटीले ९५३, सुदूरपश्चिम समाजले ५५०, इन्टरनेशनल मार्सल आर्ट्स एसोसियसन न्युयोर्कले १९०, मामा भान्जा ग्रुपले एक हजार १०, रेड पान्डाले २०० अमेरिकी डलर तथा बाँकी च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहयोगीबाट रकम संकलन भएको सागका स्वर्ण पदक विजेता लामाले जानकारी दिए । 

यूएसए ओपनमा १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी एरिकाले सोही तौल समूहको सिनियरमा रजत पदक जितेकी थिइन् । गत असोजमा चीनमा भएको १९औँ एसियाडमा एरिकाले रजत पदक जितेकी थिइन् । एसियाडमा रजत पदक जित्ने एरिका पहिलो नेपाली कराते खेलाडी हुन् । 

Global Ime bank

लामाको सभापतित्वमा भएको कार्यक्रममा १३औँ एसियाडका कास्य पदक विजेता सम्बरबहादुर गोलेले एरिकालाई सम्मान गरेका थिए । सो अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका आठौँ र नवौँ सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, १३औँ सागका स्वर्ण पदक विजेता अनु अधिकारी र विप्लभलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

हाल अमेरिका बस्दै आएकी अनुले पनि यूएसए ओपनमा १६ देखि ३४ वर्षको समूहमा स्वर्ण पदक जितेकी थिइन् । विप्लभले पनि यूएसए ओपनमा भाग लिएका थिए । एरिका र विप्लभको प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय