site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाले बोलायो संसदीय दलको बैठक
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । युवा तथा खेलकुदमन्त्री समेत रहेका पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार मंगलबार बिहान ८ बजेका लागि बैठक बोलाइएको हो । 

बैठकमा प्रमुख प्रतिपक्षी दल लगायतले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा पार्टी कसरी संसद् बैठकमा प्रस्तुत हुनेलगायत विषयमा छलफल हुने उनले जानकारी दिए । 

संसद्को बजेट अधिवेशन यही वैशाख २८ गतेलाई आह्वान भएको छ । सहकारी अपलचनमा गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने संलग्न रहेको आरोप कांग्रेसको छ । कांग्रेसले यो विषयमा छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ । उसले समिति नबने बजेट अधिवेशन चल्न नदिने बताएको छ । 

सोही कारण सत्तारुढ दल र आफ्नै पार्टीमाथि आरोप लागिरहेको बेला के गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने र रणनीति तय हुने बुझिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro