site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण समितिको म्याद एक वर्ष थप्ने सरकारको निर्णय
फाइल तस्बिर ।

काठमाडौं । सरकारले राष्ट्रियप्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको एक वर्ष म्याद थप गरेको छ । 

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियप्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको एक वर्ष म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

उनले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति रक्षा मन्त्रालयअन्तर्गत रहेको बताइन् ।समितिले पूर्वाधारका कामहरू गरिरहेको पनि उनले जानकारी दिइन् । यसअघि चार वर्षको लागि समय तोकिएको र सो समयावधि वैशाख २६ गते सकिने भएकाले आजको बैठकबाट एक वर्ष म्याद थप गर्ने निर्णय भएको बताइन् ।

सरकारले सरकारको नियमित मन्त्रिपरिषद्को बैठक बस्ने दिनसम्म समितिको म्याद सकिसकेको हुने भएकाले आज नै बैठक बस्नुपरेको पनि स्पष्ट पारिन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro