site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खालीबारीको जितमा मार्बल निर्णायक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा खालीबारी युथ क्लबले पुल्चोक स्पोर्ट्स क्लबविरुद्ध १–० को कठिन जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा खालीबारीलाई जित दिलाउन मार्बल सुनुवारले निर्णायक गोल गरे । मार्बलले खेलको २६औँ मिनेटमा प्राप्त फ्रि किकमा सोझै गोल गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा खालीबारीको यो दोस्रो जित हो । जितसँगै ६ खेलबाट नौ अंक जोडेको खालीबारी तालिकाको सातौँ स्थानमा उक्लिएको छ ।

खालीबारीसँगको यो हारले पुल्चोकले भने तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । ६ खेलबाट १२ अंक जोडेको पुल्चोक तालिकाको तेस्रो स्थानमा छ । पुल्चोकभन्दा माथि रहेका आरसी–३२ र वाग्मती युवा क्लबलको समान १३ अंक छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement