site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पन्जाबलाई हराउँदै चेन्नाई तेस्रो स्थानमा उक्लियो

काठमाडौं । पन्जाब किंग्सविरुद्ध २८ रनको जित निकाल्दै चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को तेस्रो स्थानमा उक्लिएको छ ।

आइतबार हिमाचल प्रदेश रंगशालामा भएको खेलमा चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो ।

पन्जाबका प्रभसिम्रन सिंहले ३० रन बनाए । शशांक सिंहले २७, राहुल चहरले १६, हरप्रित ब्रारले १७ र हर्षल पटेलले १२ रन थपे । कगिसो रबाडा ११ रनमा अविजित रहे । यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

चेन्नाईका रविन्द्र जडेजाले तीन विकेट लिए । तुसार देशपान्डे र सिमरजित सिंहले समान दुई विकेट लिँदा शार्दुल ठाकुर र मिचेल स्यान्टनरले एक–एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६७ रनको योगफल खडा गरेको थियो ।

चेन्नाईका रविन्द्र जडेजाले ४३ रन बनाएका थिए । कप्तान रितुराज गाइकवाडले ३२ र डार्यल मिचेलले ३० रन जोड्दा शार्दुल ठाकुर र मोइन अलीले समान १७ रन बनाए । 

पन्जाबका हर्षल पटेल र राहुल चहरले समान तीन विकेट लिए । अर्शदीप सिंहले दुई विकेट लिँदा साम करनले एक विकेट लिए । 

जितसँगै ११ खेलबाट १२ अंक जोडेको चेन्नाई तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट आठ अंक जोडेको पन्जाब तालिकाको आठौँ स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro