site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लखनऊलाई हराउँदै कोलकाता शीर्ष स्थानमा 

काठमाडौं । लखनऊ सुपर जायन्ट्सविरुद्ध ९८ रनको फराकिलो जित निकाल्दै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार लखनऊमा कोलकाताले प्रस्तुत गरेको २३६ रनको लक्ष्य पछ्याउने क्रममा लखनऊले १६.१ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

लखनऊका मार्कुस स्टोइनिसले सर्वाधिक ३६ रन बनाए । कप्तान तथा ओपनर केएल राहुलले २५ रन बनाए । अस्थोन टर्नरले १६, आयुश बदोनीले १५, निकोलस पुरनले १० रन जोडे ।

कोलकाताका हर्षित राना र वरुण चक्रवर्तीले समान तीन विकेट लिए । आन्द्रे रसेलले दुई र सुनिल नारिन र मिचेल स्टार्कले एक/एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २३५ रन बनाएको थियो ।

कोलकाताका सुनिल नारिनले सर्वाधिक ८१ रन बनाए । उनले ३९ बलमा ६ चौका र सात छक्का प्रहार गरे । अंकृश र फिल साल्टले समान ३२ रन बनाए । रमनदीप सिंहले २५, कप्तान श्रेयस ऐयरले २३, रिन्कु सिंहले १६ र आन्द्रे रसेलले १२ रन थपे ।

लखनऊका नविन उल हकले सर्वाधिक तीन विकेट लिए । यश ठाकुर, रवि बिस्नोई र युद्धवीर सिंहले समान एक विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको कोलकाताको ११ खेलबाट १६ अंक छ । ११ खेलबाट १२ अंकको लखनऊ तालिकाको पाँचौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro