site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीले भन्यो– संसदीय दल एकताबद्ध छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेटबारे सरकारलाई रचनात्मक सुझाव दिने निर्णय गरेको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बसेको संसदीय दलको बैठकले कानुन निर्माणको प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय पनि गरेको छ ।  

“बैठकले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरू दिने, संसद्को आगामी अधिवेशनमा जनसरोकारका विषयहरू सशक्त रूपमा उठाउने र कानुन निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय गरेको छ,” प्रमुख सचेतक मेटमणि चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकले संसदीय दलका सम्बन्धमा चलाइएको हल्ला गलत रहेको समेत जनाएको छ । “संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरू गलत रहेको र त्यस्ता भ्रमहरूमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिवद्धता व्यक्त गरेको छ,” चौधरीले विज्ञप्तिमा भनेका छन् ।

ekikrit-samajbadi-1714994974.jpg
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement